फिल्म ‘प्रसाद २’को फस्टलुक सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
फिल्म ‘प्रसाद २’को फस्टलुक सार्वजनिक

 काठमाडाै‌ - फिल्म ‘प्रसाद २’को फस्टलुक सार्वजनिक गरिएको छ ।

एसजी फिल्मस्सँग सुलभ थापा प्रोडक्शनको सहकार्य रहेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।  सार्वजनिक फस्टलुक पोष्टरमा अभिनेताद्धय विपिन कार्की, अर्पण थापा र अभिनेत्री केकी अधिकारीलाई देख्न सकिन्छ । लभस्टोरी फिल्म निर्माणमा माहिर मानिएका सुदर्शन यसपटक सामाजिक कथावस्तु लिएर दर्शकमाझ आउँदैछन् । 

फिल्मले आउँदो वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । बिहीवार सार्वजनिक पोष्टरमा भने प्रदर्शन मिति उल्लेख गरिएको छैन । जसका कारण फिल्म उक्त मितिमा प्रदर्शनमा आउनेमा शंका गर्न सकिन्छ ।

विश्वस्त स्रोतका अनुसार फिल्म अब उक्त मितिबाट पछि हटिसकेको छ । यो फिल्मको ट्रेलर भोलि बिहान सार्वजनिक हुँदैछ । ट्रेलर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा हुने स्रोतले बताएको छ । 

फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र’ राखिएको छ । यो फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् । सुभाष थापाको प्रस्तुतिमा यो फिल्म तयार भएको हो । 

फिल्म ‘प्रसाद २’ले जातियताको मुद्दालाई उठान गरेको छ । निर्देशक सुदर्शन थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने दाबी गरेका छन् ।