त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालकाे खराब सुरुवात

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५९ दिन अगाडि
त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालकाे खराब सुरुवात

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय खेलमा घरेलु टोलीविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ७ आभेरको समाप्तिमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित कुमार पौड्यले बोल्ड आउट भए ।

अहिले नेपालका लागि क्रिजमा आसिफ शेख र कुशल मल्ल छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०८ रन बनाएको थियो ।