काठमाडाै - चलचित्र ‘नाइँ नभन्नु ल ६’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीवार सार्वजनिक १ मिनेट २५ सकेण्ड अवधिको टिजरमा चलचित्रका मुख्य कलाकारहरूलाई देखाइएको छ । डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई टिजरमा मुख्य स्थान दिइएको छ । डेब्युब्वाय आशिर्वादलाई लभर–एक्सन चरित्रको रुपमा स्थापित गर्न खोजिएको छ । अभिनेता सरोज खनाल अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की, पनि टिजरमा अटाएका छन् । अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व उप्रेती पनि टिजरमा देखिएका छन् ।
उनी यसै चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । सञ्जय न्यौपाने, रमेश चौधरी र पुरुषोत्तम प्रधान चलचित्रको कार्यकारी निर्माताका रुपमा छन् । ‘नाइँ नभन्नु ल’का यसअगाडिका पाँच वटै श्रृङ्खला सफल मानिन्छन् ।