शरणार्थी शिविरमा झडप एकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
शरणार्थी शिविरमा झडप एकको मृत्यु

बेरुत - दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।

नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि  सशस्त्र झगडामा परिणत भएको बताइएको छ । 

हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पुर्याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ ।