टीआईएको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
टीआईएको महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को महाप्रबन्धकमा प्रतापबाबु तिवारी पठाइएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई टीआईए पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन प्राधिकरणको प्रतिष्ठानको प्रमुख थिए । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएसँगै टीआईएको महाप्रबन्धक पद खाली रहन पुगेको थियो । सोही पदमा प्राधिकरणले तिवारीलाई पठाइएको जनाएको छ ।

यस्तै, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध विमानस्थलको महानिर्देशकमा प्राधिकरणले हंशराज पाण्डेलाई पठाएको छ । पाण्डे यसअघि एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका थिए । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसै साता सेवा निवृत्त हुँदै गर्दा प्राधिकरणले उनको स्थानमा पाण्डेलाई पठाएको हो ।