सुवास नेम्वाङ उपेन्द्र र महन्थसँग भोट माग्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
सुवास नेम्वाङ उपेन्द्र र महन्थसँग भोट माग्दै

काठमाडौँ - एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरुलाई भेटेर भोट माग्ने भएका छन् । 

बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरुसँग भेटवार्ता गरेर मत मागेका उनीहरुले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् ।

‘मत माग्ने क्रम जारी छ । आज शुक्रबार जसपा र लोसपाका नेताहरुलाई भेट्ने कार्यक्रम छ’, एमाले सचिव समेत रहेका नेता योगेश भट्टराईले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता सकारात्मक ढंगले भएकाले हामी उत्साहित छौं ।’ जसपा र लोसपा आठ दलीय गठबन्धनमा रहेका छन् । उनीहरुको मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पर्ने निश्चित जस्तै रहेपनि एमालेले मत भने मागिरहेको छ ।