गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने महामन्त्री थापाकाे भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने महामन्त्री थापाकाे भनाइ

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा समेत गरेका छन् ।

८ दलीय गठबन्धनले बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरुलाई राखेको अभिमुखीकरण कार्यक्रममा कांग्रेस महामन्त्री थापाले प्रचण्डलाई अस्थिर, विश्वासघात गर्ने भनेर प्रश्न भइरहेको भन्दै बचाउ गरे । उस्तै परे एमालेले ५ वर्ष प्रधानमन्त्री दिनसक्ने सम्भावनालाई छाडेर आएको भन्दै उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री हुने कुरा नै प्रधान थियो भने यो गठबन्धनमा आइराख्न पर्दैनथ्यो ।’ प्रचण्ड प्रधानमन्त्री पद तलमाथि भएको होस् भनेर आएको भन्दै उनले उनको बचाउ गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि एमालेले राष्ट्रपति प्रस्ताव गरेको मात्र होइन, चाहेको भए पार्टी अध्यक्ष नै बनाउँछु भन्नसक्ने उनको आकलन थियो । कांग्रेस पनि सरकार ५ वर्ष नै चलाउनुस्, दुई ठूला दल मिलौँ भन्ने एमालेको प्रस्तावमा प्रवेश गर्न नचाहेको महामन्त्री थापाले सुनाएका छन् ।