ताप्लेजुङ्ग- तिलगंगा आँखा अस्पताल र फक्ताङलुङ गाउँपालिकाको संयुक्त आयोजनामा मिति २०७९ फागुन ८ गते देखी फक्ताङलुङ गाउँपालिकाको विभिन्न स्थानमा संचालन भएको आँखा शिबिर बाट छनौट भएका मोतियाबिन्दुका विरामीहरुको शल्यक्रिया आजबाट सुरु भएको छ ।

वरिष्ठ नेत्ररोग बिशेषज्ञ तथा तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुईटको नेतृत्वमा खटिएको टोलीले आज र भोली फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गरिने जनाइएको छ।शल्यक्रिया गर्ने प्राबिधिक र प्राबिधिक उपकरण सहित ताप्लेजुङ्ग पुगेका डा.रुइटले त्यहि मोतियाबिन्दु जस्ता विभिन्न आखाँ सम्बन्धी रोगको शल्यक्रिया गर्नेछन। ताप्लेजुङ्ग डा. रुईटको गृह जिल्ला पनि हो। डा रुइटले बिगतमा पनि विभिन्न ठाउँहरुमा शिबिर संचालन गर्दै आइरहेका छन्।








