हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५७ दिन अगाडि
हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा पल्टियो

पोखरा - हावाहुरीले फेवातालमा डुंगा दुर्घटना भएको छ ।

 

दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै  परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताए ।  ‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस हुनुहुन्छ । उहाँको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने । डुंगामा ७ जना सवार थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको  डीएसपी जोशीले बताए ।