काठमाडौं । एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो ।
दरशर रंगशालामा भएको खेलमा एपीएफलाई जिताउन मणिकुमार लामा र अर्मान्ड विडोमले गोल गरे ।
लामाले ७२औं र अर्मान्ड बिडोमले ८६औं मिनेटमा गोल गरेका थिए ।