पिएसजीको सर्वाधिक गोलकर्ता बने एमबमाप्पे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
पिएसजीको सर्वाधिक गोलकर्ता  बने एमबमाप्पे

काठमाडौ- फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन पिएसजी को सर्वाधिक गोलकर्ता बनेका छन् ।

लिग वान अन्तरगत शनिबार राति नान्टेसमाथि ४–२ को रोमाञ्चक जितमा एक गोल गरेसँगै एमबाप्पे पिएसजीको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
एमबाप्पेले उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई पछि पारेका हुन् । २४ वर्षीय एमबाप्पेले पिएसजीका लागि २४७ खेलमा २०१ गोल गरेका छन् । त्यसअघि काभानीले ३०१ खेलमा २०१ गोल गर्दै पिएसजीको सर्वाधिक गोलकर्ता बनेका थिए ।

२४ वर्ष लागेका फरवार्ड एमबाप्पेले आफूलाई फुटबलको नयाँ सुपर स्टारको रुपमा स्थापित गरिरहेका छन् ।दुई पटक विश्वकप फाइनल खेलिसकेका एमबाप्पेले २०१८ मा विश्वकप जितेका थिए भने २०२२ मा गोल्डेन बुट जितेका थिए ।उनले फ्रान्सका लागि २०२१ मा नेसन्स लिगको उपाधि समेत जितेका छन् । सन् २०१७ मा मोनाको बाट पीएसजी पुगेका एमबाप्पेले चार लिग वान उपाधि जितिसकेका छन् भने पछिल्ला चार सिजनमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् । यस सिजन एमबाप्पेले ३० गोल गर्नुका साथै ८ असिस्ट समेत गरेका छन् ।