आइतबार बिहान दुई ठाउँमा भूकम्प

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३३ दिन अगाडि
आइतबार बिहान दुई ठाउँमा भूकम्प

काठमाडौँ - नेपालमा आइतबार बिहान दुई ठाउँमा भूकम्प गएको छ ।

आधा घण्टाको अन्तरमा अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेपालञ्चोकमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि ८ बजेर ३५ मिनेट जाँदा अछाममा ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । यसअघि गत १७ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।