सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३३ दिन अगाडि
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

कैलाली - नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । 

दुबै दलको छुट्टाछुट्टै संसदीय दलको बैठकबाट मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने निर्णय भएको हो। आजै बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् । 

यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री  शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने माओवादीको प्रदेश कमिटीले बताएको थियो । तर, केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएसँगै संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गरेको हो । 

यस्तै एकीकृत समाजवादीले पनि केन्द्रको आठदलीय गठबन्धनअनुसार नै मत दिने निर्णय गरेको दलका नेता दीर्घ बहादुर सोडारीले जानकारी दिए । यिी दुई दलले मत दिने भएसँगै शाहले विश्वासको मत पाउने निश्चित जस्तै छ ।