चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने

काठमाडाै‌ - चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ।

सडकखण्डमा पर्ने विभिन्न पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकोले गत पुस ५ गतेदेखि दिउँसोको बेला दिनहुँ ४ घन्टा सडक बन्द हुँदै आएको थियो। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने बताए । यो सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन छन् । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ। अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ। विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो।