फिल्म ‘छक्कापञ्जा ४’ ले व्यवसाय सुरुवाती आक्रामक गर्न सफल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५३ दिन अगाडि
फिल्म ‘छक्कापञ्जा ४’ ले व्यवसाय  सुरुवाती आक्रामक गर्न सफल

काठमाडौँ - दीपक राज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा ४’ ले सुरुवाती व्यवसाय आक्रामक गर्न सफल भएको छ ।

फिल्मले रिलिजको दिन शुक्रबार र शनिबार आक्रामक व्यवसाय गर्दै करिब ४ करोड हाराहारीको व्यवसाय गर्न सफल भएको निर्माण युनिटले जनाएको छ । फिल्मको आइतबार समेत बुकिङ राम्रो रहेको छ । सोमबार, मङ्गलवार फागूपर्व र नारी दिवसको सरकारी बिदा समेत परेकोले फिल्मको व्यवसाय यो भन्दा दोब्बर हुने अनुमान गरिएको छ । 

मल्टिप्लेक्सर सिंगल थियटर दुबैबाट प्रदर्शनमा आएको फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीतिक र कमेडी विषयमा निर्माण भएको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुँवर, राज आचार्य लगायतको मुख्य भूमिका रहेको छ ।