सातदोबाटो युथ क्लबकाे विजयी सुरुआत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५६ दिन अगाडि
सातदोबाटो युथ क्लबकाे विजयी सुरुआत

काठमाडौं - सातदोबाटो युथ क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

च्यासल रंगशालामा आइतबार न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ । सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे ।  एनआरटीका निकोलस सङले एक गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए । यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।