टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
टस जितेर नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं - यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।  यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो । 

पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो । २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण यूएई विरुद्धको खेल भएका छन् । उनको स्थानमा प्रतिश जी.सीले मौका पाएका छन् । प्रतिशले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध नेपालको लागि डेब्यू गरेका थिए । उक्त खेलमा ६ ओभरमा ३७ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालको प्लेईङ-११

आसिफ शेख (विकेट किपर),ज्ञानेन्द्र मल्ल,भिम सार्की, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,प्रतिश जी.सी,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने