२ घण्टा एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
२ घण्टा एकीकृत समाजवादीका नेता सरोजको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं पार्टीको इन्जिनियरिङ विभाग इन्चार्ज सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका सोमबार २ घण्टा पार्टी कार्यालयमा राखिने भएको छ । 

दिउँसो १ देखि ३ बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा राखिने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् । त्यसपछि आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । 

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो । उपाध्यायको निधनले पार्टीलाई अपूरणीय क्षति भएको एकीकृत समाजवादीले जनाएको छ । सरोज एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन् ।