रास्वपाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
रास्वपाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ।

हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि संगठन निर्माण गर्न लागेको हो ।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको महामन्त्री डा. मुकुल ढकालले बताए ।समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने छ। अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ।