लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदै

काठमाडाै‌ -लोक गायिका भूमिका गिरी आज वैवाहिक सम्बन्धमा बाँधिदैछिन् ।

 

उनले सल्यानका हिजन विष्टसँग लगनगाँठो कस्न लागेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गर्न लागेका हुन् । आज सल्यानमा वैवाहिक समारोह राखिएको छ । 

सीमित आफन्त र साथीभाइको उपस्थितिमा उनीहरूको विवाह हुँदैछ । उनीहरूको इन्गेजमेन्ट भइसकेको छ । ​सोमवार विहान इन्गेजमेन्टका तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गर्दै भूमिकाले लेखेकी छिन्, ‘मृत्युदेखि पर पनि कुनै संसार छ भने त्यहाँ पनि संगै हुन पाइयोस् ।’ उनका ‘गोरखपुरको सलाई’, ‘तारा सँगै जून’, ‘चोली मैलै भो’, ‘देउरालीमा’ लगायतका गीतहरू चर्चित छन् ।