फिल्म ‘दिलमाया २’ को टिजर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
फिल्म ‘दिलमाया २’ को टिजर सार्वजनिक

काठमाडौँ -राजु  गिरीको निर्देशन रहेको फिल्म ‘दिलमाया २’ को टिजर सार्वजनिक गरिएको छ ।

अगामी असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण युनिटले आइतबार फिल्मको टिजर सार्वजनिक गरेको हो ।  टिजरमा महिलामाथि हुने घरेलू हिंसालाई देखाइएको छ । छोरीमाथि समाज र परिवारले कसरी विभेद र दमन गर्छ भन्ने कुरा टिजरमा देख्न सकिन्छ । किरण नेपाली र सेन्जल पौडेलको मुख्य भूमिका रहेको फिल्ममा सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वलीलगायतको अभिनय पनि छ ।

राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मको पटकथा र संवाद निर्देशक गिरी स्वयंको हो । यो फिल्मको पहिलो श्रृंखला २०६३ सालमा प्रदर्शन भएको थियो । बिष्णु निराकर र सुस्मिता खत्रीको छायांकन रहेको फिल्ममा खुमबहादुर सुनार र संगीता खत्रीको सम्पादन छ । फिल्मलाई शंकर गिरी, पुर्णकला गिरी र सरिता गिरीले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा देव महर्जनको द्वन्द्व निर्देशन फिल्ममा छ ।