यूएईविरुद्ध विश्वकप लिग टू क्रिकेटमा नेपालका भीम सार्कीद्वारा अर्धशतक पूरा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
यूएईविरुद्ध  विश्वकप लिग टू क्रिकेटमा नेपालका भीम सार्कीद्वारा अर्धशतक पूरा

काठमाडौं - आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईविरुद्ध नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

४९ रन बनाउँदा ३ विकेट गुमाएर नेपाल संकटमा परेका बेला ब्याटिङमा आएका सार्कीले ७८ बलमा अर्धशतक पूरा गरेका हुन् । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रन बनाए । लामिछाने २७ रनमा आउट भए ।

उनको अर्धशतक मद्दतमा नेपालले ३९.२ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १५५ रन बनाएको छ ।