सम्बन्धित सेयरधनीको डिम्याट खातामा सोल्टी होटलले ५% बोनस सेयर जम्मा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३९ दिन अगाडि
सम्बन्धित सेयरधनीको डिम्याट खातामा सोल्टी होटलले ५% बोनस सेयर जम्मा

काठमाडौं - सोल्टी होटलले ५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

होटलले पुस ७ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने होटलले जनाएको छ । सोल्टीको पुस २८ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ५% बोनस सेयर र २१.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।