माओवादी नेताहरूको शान्ति सम्झौता विरोधी गतिविधिको प्रतिवाद गर्ने निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
माओवादी नेताहरूको शान्ति सम्झौता विरोधी गतिविधिको प्रतिवाद गर्ने निर्णय

काठमाडौँ - माओवादी धारका नेताहरूले शान्ति सम्झौता विरोधी गतिविधिहरूको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले शान्ति सम्झौता विरोधी गतिविधिहरूको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

माओवादी धारका ८ दलका नेताहरूको संयुक्त बैठकपछि विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियासँग जोडिएका विषयहरू विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्ने उल्लेख गरेका छन् ।

नेताहरूले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सरकारसँग माग पनि गरेका छन्।