आज सुनको मूल्य कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३८ दिन अगाडि
आज सुनको मूल्य कति ?

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ । 

आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन आइतबार एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलाको १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।