फरवार्ड नेयमारले यस सिजनको बाँकी खेलहरु गुमाउने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
फरवार्ड नेयमारले यस सिजनको बाँकी खेलहरु गुमाउने

काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले यस सिजनको बाँकी खेलहरु गुमाउने भएका छन् ।

एंकल चोटका कारण नेयमारले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।  नेयमारको चोटको शल्यक्रिया गरिएको छ । जसको कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् ।

लिग वान अन्तर्गत लिलविरुद्धको खेलमा नेयमारले चोट बोकेका थिए । फेब्रुअरी १९ मा भएको खेलमा पीएसजीले लिललाई ४-३ ले हराएको थियो ।नेयमारले चोट बोकेपछि अब लियोनल मेस्सी र केलियन एमबाप्पेले पीएसजीको फरवार्ड लाइन सम्हाल्ने छन् ।