तीन हजार अफगान शरणार्थी पाकिस्तानबाट फर्किए

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३१ दिन अगाडि
तीन हजार अफगान शरणार्थी पाकिस्तानबाट फर्किए

काबुल - छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् ।  

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । 

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ ।  २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । 

यस्तै सङ्ख्यामा इरानमा पनि  रहेका छन् । विगत ६ महिनामा दुई ७० हजार भन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।