भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको सांसदहरुलाई निर्देशन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
भोलिसम्म काठमाडौँ आइपुग्न आठ दलको सांसदहरुलाई निर्देशन

काठमाडौँ - सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको हो ।