काठमाडौं - एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यसवर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड जितेका डाँगीले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् । मछिन्द्र एफसीलाई ए डिभिजन लिगको उपाधि जिताएका डाँगीले विश्वकप छनोटमा इराकविरुद्ध गोल गरेका थिए । यस्तै उनले साफ च्याम्पियनिसपकाे उदघाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।