प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले  राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् । 

तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे । शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुंगोमा पु¥याइने बताए । सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताएका छन् ।