सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रधानमन्त्री दाहाल विरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रधानमन्त्री दाहाल विरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

काठमाडौँ  - नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएपछि विरोधमा मंगलबार बेलुका ५ बजे प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका प्रवक्ता मिलन एमसीले बताए ।

अखिल क्रान्तिकारीको केन्द्रीय आयोजनामा माइतीघरमा बेलुका ५ बजे प्रदर्शन गरिने एमसीले बताए । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउने पर्ने विषयलाई सर्वोच्चमा लग्नु गलत भएको एमसीले बताएका छन् ।