त्रिकोणात्मक सिरिजका लागि यूएईको टोली घोषणा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५४ दिन अगाडि
त्रिकोणात्मक सिरिजका लागि यूएईको टोली घोषणा

काठमाडौं - आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालमा आयोजना हुने त्रिकोणात्मक सिरिजका लागि यूएईको टोली घोषणा भएको छ । 

बिहिबारबाट सुरु हुने त्रिकोणात्मक सिरिजका लागि मुहम्मद वासिमको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा भएको हो । १० मार्चमा पीएनजीविरुद्ध खेलेर सिरिज सुरु गर्ने यूएईको दोस्रो खेल १२ मार्चमा घरेलु टोलीको विरुद्ध रहेको छ । 

१५ मार्चमा पीएनजीको विरुद्धमा खेल्ने यूएईको नेपाल सिरिजको अन्तिम खेल १६ मार्चमा घरेलु टोलीविरुद्ध रहेको छ । यस त्रिकोणात्मक सिरिजमा यूएईले नेपाल  र पपुवा न्युगिनिसँग समान २/२ लिग टूको खेल खेल्नेछ ।  

यूएईको टिम 
मुहम्मद वसीम (कप्तान), आयन खान, आर्यन लाक्रा, अशवन्त वलथापा, आसिफ खान, आर्यांश शर्मा, सीपी रिजवान, हजरत बिलाल, जुनेद सिद्दिकी, कार्तिक मैयप्पन, रोहन मुस्ताफा, वृत्य अरबिन्द, जाहोर खान, जवार फरीद