दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक शम्भु थापा पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५३ दिन अगाडि
दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक शम्भु थापा पक्राउ

काठमाडौँ - बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएको आरोपमा प्रहरीले चितवन घर भएका शम्भु थापालाई पक्राउ गरेको छ।

दुर्गा प्रसाईं समूहको कालोमोसो अभियानका संयोजक भनिने थापाले सामाजिक संजालमा भिडियो पोष्ट गरेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने धम्की दिएका थिए ।

थापालाई चितवनको भरतपुरस्थित मालपोत चोकबाट पक्राउ गरिएको चितवनका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । मंगलबार पक्राउ गरेर थापाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 ‘टिकटक’ लगायत सामाजिक संजालमा थापाले भिडियो पोष्ट गरेर धम्की दिएपछि बैंक तथा वित्तीय संस्थाहरूले त्यसबारे आपत्ति जनाएका थिए ।