काठमाडौं – एएफसी यू २० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।
नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । केही समयअघि साफ यू(२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ ।
यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरे । पहिलो खेल घरेलु टोलीसँग भएपनि त्यसका लागि आफूहरु तयार रहेको गुरुङले बताए । नेपाली टोलीले पछिल्लो साढे दुई महिनादेखि तयारी गरिरहेको छ । यस बीचमा यू(२० साफ च्याम्पियनसिप पनि खेलेको थियो प्यालेस्टाइनकी प्रशिक्षक गिना खानोफले छनोट प्रतियोगिताका लागि आफ्नो टिम तयार रहेको र अर्को चरणमा पुग्ने लक्ष्य रहेको सुनाए ।