१०० औं भागको खुसीमा टेलिश्रृखला ‘जुठे’ले गर्‍यो अनाथ आश्रमलाई एक लाख सहयोग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
१०० औं भागको खुसीमा टेलिश्रृखला ‘जुठे’ले गर्‍यो अनाथ आश्रमलाई एक लाख सहयोग

काठमाडौँ - टेलिश्रृखला ‘जुठे’ ले बुधबार १०० ‍औं भाग मनाएको छ ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा बुधबार काठमाडौँको गोल्फुटारमा एक कार्यक्रम गर्दै ‘जुठे’ ले १०० औं भागको सफलताको खुसी सबैमाझ बाँडेको हो ।  उक्त अवसरमा टेलिश्रृखलाको तर्फबाट अनाथ बेसहारा आश्रम रीमा सेवा समाजलाई एकलाख रुपैयाँ आर्थिक सहयोग समेत गरिएको थियो । 

कार्यक्रममा कलाकार महजोडीले समाज सुधारका लागि ‘जुठे’ जस्ता टेलिश्रृंखलाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । जातीय भेदभाव, थिचोमिचो र समानताका लागि सिरियलले दिएको सन्देश एकदमै सकारात्मक रहेको उनीहरुले धारणा राखेका थिए । कार्यक्रममा टेलिश्रृखलाका कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ बल्छी ‘धुर्वे’ले महजोडी र केदार घिमिरे माग्ने बुढाको पाइला पछ्याउँदै आफूहरु अघि बढेको बताए ।  अभिनेता रवि गिरीले ५० वर्षअघिको कथामार्फत आफूहरुले सामाजिक यथार्थ देखाउने प्रयास गरेको बताए ।  राजु मास्टर र बल्छी धुर्वेले निर्देशन गदै आएका सिरियलमा  रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतको अभिनय रहँदै आएको छ ।