काठमाडौँ ।-आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९ ओभरमा १ बलमा सम्पुर्ण विकेट गुमाएर २९७ रन बनायो । नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफल *हो । यो भन्दा पहिला नेपालले नामिबियाविरुद्धको खेलमा २८६ रनको लक्ष्य पछ्याउँदै २८७ रन बनाएको थियो । नेपालका लागि आसिफले ११० बल खेल्दै १० चौला र २ छक्काको सहयोगमा ११० रन बनाए ।
नेपालका लागि कुसल भुर्तेलले ४५ रन बनाउदा भिम सार्कीले ४४ रनको योगदान गरे । नेपालका कप्तान रोहित कुमार पौडेलले ३० रन जोड्दा आरिफ शेखले रनको योगदान गरे । पीएनजीका लागि सेमो कामियाले पाँच विकेट लिए । त्यस्तै रिले ह्याकुरेले पनि तीन विकेट लिए । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले यो सिरिजमा हुने चारै खेल जित्न सकेमा नेपाल विश्वकप छनोटमा पुग्नेछ ।