राष्ट्रपति निर्वाचनमा खसे कुल ८३१ मत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
राष्ट्रपति निर्वाचनमा खसे कुल ८३१ मत

काठमाडौँ - राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ । 

यस्तै प्रदेशतर्फ  ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।