राष्ट्रपतिमा निर्वाचित भएलगत्तै रामचन्द्र पुगे बानेश्वर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५२ दिन अगाडि
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै रामचन्द्र पुगे बानेश्वर

काठमाडौँ - राष्ट्रपतिमा निर्वाचित भएलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेल संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उनले संवाददाताहरुलाई कुनै प्रतिक्रिया भने दिएनन् । उनले प्रमाणपत्र लिएपछि मात्रै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिने बताए । पौडेल एमालेका नेता सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभारत प्राप्त गरे । जसअनुसार उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वा संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।