भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२९ दिन अगाडि
भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन

एजेन्सी - भारतीय चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ ।

अभिनेता अनुपम खेरले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै कौशिकको निधन भएको जानकारी गराएका हुन् ।‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ उनले भनेका छन् ।

उनी एक अभिनेता, हास्य कलाकार, पटकथा लेखक, निर्देशक र निर्माता थिए।सन् १९८३ मा बलिउडमा डेब्यू गरेका सतीशलाई सन् १९८७ मा फिल्म मिस्टर इन्डियाबाट पहिचान मिलेको थियो ।त्यसपछि उनले सन् १९९७ मा दिवाना–मस्तानामा पप्पु पेजरको भूमिका निभाएका थिए । सतीशले १९९० मा राम लखन र १९९७ मा साजन चले ससुरालका लागि सर्वश्रेष्ठ हास्य कलाकारको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे।