न्यायाधीश ईश्वर खतिवडाको इजलासमा प्रचण्डको मुद्दा सुनुवाइ हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
न्यायाधीश ईश्वर खतिवडाको इजलासमा प्रचण्डको मुद्दा सुनुवाइ हुने

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । 

न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ । बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन । 

प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए ।  रिटमाथि सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार तोकिएको पेसी हेर्न नभ्याइने भन्दै शुक्रबारलाई सारिएको हो ।