घण्टाघरमा मोटरसाइल दुर्घटनामा परि चालकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२८ दिन अगाडि
घण्टाघरमा मोटरसाइल दुर्घटनामा परि चालकको मृत्यु

काठमाडौं - काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडाैँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाडौँको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।