काठमाडौं - युरोपा लिगको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ।
ओल्ड ट्राफोर्डमा बिहीबार राति युनाईटेडले स्पेनिस क्लब रियल बेटिसलाई ४-१ गोल अन्तरले हराएको हो । खेलको छैटौं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३२ औं मिनेटमा आयोजे पेरेजले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५२ औं मिनेटमा एन्टोनीले गोल गर्दा युनाईटेड २-१ ले अघि रह्यो ।
५८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा वोउट वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई ४-१ को जित दिलाए ।
यस जितसँगै युनाईटेडले अर्को चरणमा पुग्न सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुनेछ । खेल बेटिसको मैदानमा हुनेछ ।