‘द भ्वाइस किड्स नेपाल सिजन–2 आजदेखि सुरु हुँदै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
‘द भ्वाइस किड्स नेपाल सिजन–2 आजदेखि सुरु हुँदै

काठमाडौँ - रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण आज शुक्रबारदेखि हुने भएको छ  ।

अघिल्लो भन्दा यो सिजन अझै राम्रो बनाउने प्रयास गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए ।  यो सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । उनी भित्रिएसँगै प्रमोद, सुशान्त, प्रविशा अधिकारी र मिलन नेवार गरेर शोमा ४ कोच भएका छन् ।कार्यक्रम हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । 
निर्देशक पौडेलका अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ सम्मका एपिसोड प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छानिएका ६५ जना प्रतिभाले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।