पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५१ दिन अगाडि
पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले जित

काठमाडौं - युरोपा लिगको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युभेन्ट्सले फ्रेईवर्गलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

मारियाले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै युभेन्ट्सले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

युरोपा लिगको राउण्ड अफ १६ अन्तर्गत नै अर्को खेलमा सेभियाले फेनरवाचलाई २-० ले हराएको छ । शाख्तर डोनेक्ट्स र फियेनुर्डले १-१ गोलको बराबरी खेलेका छन् ।