उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडाैँ - नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

 एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम हुँदैछ। दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।

आज अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।