उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले गराइन् उम्मेदवारी दर्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५० दिन अगाडि
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले गराइन् उम्मेदवारी दर्ता

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।

शनिबार दिउँसो बानेश्वरस्थित संसद भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरू पुगेका छन्। 

अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ प्रस्तावक छन्। कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिमाल समर्थक छन्।

यसअघि राष्ट्रपतिको निर्वाचनमा एमालेबाट उपाध्यक्ष नेम्वाङ उम्मेदवार उठेका थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए। रामचन्द्र पौडेल नेपालको तेस्रो उम्मेदवार चुनिसकेका छन्।