काठमाडौं - सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
दुर्घटनामा १९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको बताएका छन् ।