महिला कानुन व्यवसायीहरूद्वारा  उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै निर्वाचन अधिकृतको ध्यानाकर्षण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
महिला कानुन व्यवसायीहरूद्वारा  उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै निर्वाचन अधिकृतको ध्यानाकर्षण

काठमाडौँ - उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानुन व्यवसायीहरूले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । 

आइतबार संसद् भवनस्थित राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनले व्यवस्था गरेअनुसार फरक लिङ्ग र फरक समुदाय राष्ट्रपति\उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन् । 

उनले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन् । उनले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन् । 

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति-उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताइन् ।