पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११४९ दिन अगाडि
पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान

काठमाडौं - आज देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो । देशमा हाल पश्चिमी वायुको प्रभाव सामान्य रहे पनि आज राति भने कतै वर्षाको सम्भावना नदेखिएकाले आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। 

यस्तै भोलि सोमबार देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।