काठमाडौँ - आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पहिलो ओभरमा नै सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले पहिलो ओभरमा नै विकेट गुमाएको हो ।
नेपालका ललित नारायण राजवंसीले यूएईका भ्रिटिय अर्भिन्दलाई बोल्ड आउट गराएका हुन् ।